काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकामाथि नेपालको सानदार जित निकालेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा अमेरिकामाथि नेपालले ५ विकेटले जित निकालेको हो ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४, रोहित कुमार पौडेलले ६२, विनोद भण्डारीले ३७, आसिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७, करण केसीले अविजित १ र कुशल मल्लले १ रन बनाए ।

अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २/२ तथा सौरभ नेत्रभाल्करले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै, निसर्ग पटेलले २१, करिमा गोरेले १६, संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३/१३, अभिषेक पराद्करले अविजित १३, जसकरण मल्होत्राले ११ र सौरभ नेत्रभाल्करले अविजित ६ रन बनाए ।

नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २/२ तथा कुशल मल्लले १ विकेट लिए ।

जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नेपालले आज घरेलु टिम ओमानसँग खेल्नेछ ।

प्रकाशित मितिः २०७८ साल भदौ २९ गते मंगलबार, ००:४३