काठमाडौंः चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईका लागि रुतुराज गायकवाडले ७५, फाप डु प्लेसिसले ५६, सुरेश रैनाले १७, मोइन अलिले १५ र रविन्द्र जडेजाले अविजित ७ रन बनाए ।

हैदरावादका राशिद खानले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।


हैदरावादका लागि मनिस पाण्डेले ६१, कप्तान डेभिड वार्नरले ५७, केन विलियम्सले २६ र केदार जादबले अविजित १६ रन बनाए ।

चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए ।

जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । पुछारको हैदरावादले ६ खेलमा २ अंक जोडेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, ०७:२७