काठमाडौंः इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज राजस्थान रोयल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बईमा हुने राजस्थान र पन्जाबबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमको यो पहिलो खेल हो ।

राजस्थान सन्जु सामसनको कप्तानीमा मैदान उत्रने छन् भने पन्जाब लोकेश राहुलको कप्तानीमा मैदान उत्रने छन् ।

पछिल्लो पाँच खेलमा राजस्थानले ३ र पन्जाबले २ खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा राजस्थानले जित निकालेको थियो ।


प्रकाशित मितिः २०७७ साल चैत ३० गते सोमबार, १०:५७