काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङका १ जना, झापाका ३ जना, ताप्लेजुङका १ जना, मोरङका १३ जना र सुनसरीका २ जनामा, प्रदेश २ को पर्साका ८ जना, बाराका १ जना, महोत्तरीका १ जना र रौतहटका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ११७ जना, काभ्रेपलाञ्चोकका ३ जना, चितवनका ५ जना, नुवाकोटका २ जना, भक्तपुरका ३ जना, मकवानपुरका १ जना, ललितपुरका ९ जना र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, गण्डकी प्रदेशको कास्कीका ३३ जना, नवलपरासी पूर्वका १ जना, म्याग्दीका १ जना र बाग्लुङका ३ जनामा तथा लुम्बिनी प्रदेशको कपिलवस्तुका ३ जना, दाङका १४ जना, नवलपरासीका २ जना, पाल्पाका ७ जना, बर्दियाका ५ जना, बाँकेका ९ जना, रुपन्देहीका १६ र रोल्पाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, कर्णाली प्रदेशको कालीकोटका १ जना र सुर्खेतका १३ जनामा तथा सुदूरपश्चिमका कैलालीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २७ गते शुक्रबार, २१:१८