काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ जनाको पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेन परीक्षणमा ७४ जना गरी ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ६७ जना र सक्रिय संक्रमित ४८ हजार ७११ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, १७:०८