काठमाडौंः सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाकोे बैतेश्वर गाउँपालिका–८ ठेगाना भएका काठमाडौंको टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल रहेका छन् ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरु प्रेमिकासँग विवाद परेपश्चात मोबाइल समेत खोसी उक्त अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेका जिरेल काभ्रेको पाँचखालमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रकाशित मितिः २०७८ साल भदौ २९ गते मंगलबार, ००:५४