काठमाडौंः इराकको राजधानी बगदादमा कोभिड बिरामीहरुको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा कम्तीमा ८२ जनाको ज्यान गएको छ ।

रिपोर्टहरुमा जनाइएअनुसार अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी सुरु भएको हो ।

शनिवार राति खतिब अस्पतालमा सुरु भएको आगलागीमा परेर एक सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरुमा अग्नि नियन्त्रकहरु आगो निभाइरहेका र मानिसहरु अस्पताल छोडेर भागिरहेका देखिन्छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दुस्ख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिए ।



प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १७:३५