काठमाडौंः एनआईसी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बिमा रकम जनही रू. १० लाखका दरले दुई जना ग्राहकलाई भुक्तानी गरेको छ ।

बैंकले सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षीया निशा श्रेष्ठ आले कक्षपति र सोही जिल्लाको कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षीय बिन बहादुर वर्मालाई जनही रू. १० लाखका दरले भुक्तानी गरेको हो ।

कक्षपतिले यस बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकीमा सो खातामा रहेको खातावाल तथा उनको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप उनका पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारबापत उनले उक्त रकम प्राप्त गरेकी हुन् । साथै, सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका वर्मालाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको छ ।

उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरुले पाउन सक्नेछन् ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४४५ जना भन्दा बढी ग्राहकहरुले बीमा वापतको रू.२ करोड ९० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस किसिमका बीमासहितको बचत योजनाहरुबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकले विश्वास लिएको छ ।

प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, १६:२०