उदयपुरः त्रियुगा नगरपालिका–११ स्थित जलजलेबाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ बस्ने पप्पु डुम रहेका छन् ।

लहानबाट गाईघाटतर्फ जाँदै गरेको को १ ज २६३० नम्बरको जिपमा आएका डुमलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन इन्जेक्सन ६० वटा, नुफिन ६० वटा, डाईजोलिफ ६० वटा र सिरिन्ज १ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका डुमलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय जलजलेमा बुझाईएको छ ।

प्रकाशित मितिः २०७८ साल वैशाख २० गते सोमबार, १२:३२