
काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र आज बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् ।
ज्वरो र जीउ दुखाइ बढेपछि कोरोना परीक्षण गरेको उनले हाल आफू काठमाडौंस्थित डेरामै आइसोलेशनमा रहेको बताएका छन् ।
उनले कोरोना संक्रमणबाट जोगिनका लागि सजग रहन सबैलाई आग्रह पनि गरेका छन् ।
प्रकाशित मितिः २०७८ साल वैशाख २० गते सोमबार, १०:५३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook