काठमाडौंः गायक थानेश्वर गौत्तमको नयाँ गीत राष्ट्रिय भावनाले सजिएको ‘देशको लागी ‘गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनो प्राण भन्दा प्यारो देशमा सदैव शान्ति छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ । नेपाली मातृभूमीलाई एकताबद्ध गर्ने गीत रहेको छ ।

तेशान्तको शब्द सिर्जना तथा गायक थानेश्वर गौत्तमको संगीत एवम कृष्ण विश्वकर्माको संयोजन गीतमा रहेको छ । देशमा विकाश र समृद्धिको लागी मार्मिक शब्दले भरिएको कणप्रिय संगीत र भावनात्मक रुपमा देश प्रेम समेटिएको छ ।

दुर्लभ श्रेष्ठको छायांकन तथा सम्पादन र किशोर भण्डारीको निर्देशन गीतमा छ । गीतको भिडियोमा किशोर भण्डारी, कृष्ण भक्त महर्जन, रेश्मा तिम्सिना, लिला के.सी., सुन्दर लामिछाने र निरुता उप्रेतीको अभिनय रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १९:४३