काठमाडौंः अमेरिकाको टेक्सास निवासी गायक श्री खत्रीले आफनै स्वर, शब्द र संगीतमा नयाँ गीत ‘बिरानो जंगल’ सार्वजनिक गरेका छन् ।

प्रतिक बास्तोलाको लिड गितार र सुगम थापाको बास गितार रहेको ब्लुज रक गीतमा वास्सी छु को ड्रम र पिक्रसन रहेको छ ।

गीतको भिडियोलाई पुरा एनिमेसिन गरि बनाइएको छ । थ्रिलर एनिमेटेड भिडियोलाइ द वान हु अनिमेट्सका बिबिन मानन्धरले तयार गरेका हुन् ।

भिडियोलाई लिफर्स म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा उच्च गुणस्तरको एनिमेशन प्रविधिबाट गीतको कथा भन्न खोजिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल चैत २९ गते आइतबार, १३:०६