काठमाडौंः गैर आवासिय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला उपाध्यक्ष्य पदको लागी प्रमिला बस्नेतले उम्मेद्वारी घोषणा गरेकी छिन् ।

क्यानडामा रहेर महिला हक हितको लागी आवाज उठाउदै नेपाली मौलिक लोक गीत संगितको माध्यमबाट समेत मातृभमी प्रतिको प्रेमलाई आम नेपाली माझमा पुर्‍याएकी गीतकार प्रमिलाले विश्वभरी छरिएर रहेका नेपाली माझमा नेपालको मौलिक लोक सभ्यतालाई विश्वमा पुर्‍याउनको लागी परि रहेकी छन् ।

कर्मथलो क्यानाडा बनाएकी बस्नेत साझा संस्था गैरआवासिय नेपाली संघ क्यानाडाले अबका दिनमा क्यानाडाको क्यानाडियन नेपाली समुदायलाइ ठोस रुपमा सेवा र गौरबको संस्था मान्न सकिने उपलब्धि र अनुभूति दिलाउन आफु निरन्तर लागी परेको बस्नेतले बताइन् ।

गैर आवासीय नेपाली नागरिकताको विषयलाई टुंगो दिन आफ्नो नेतृत्व सधै लागी पर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।

गैर आवासीय नेपाली अभियान सँगै गीत संगीतलाई पनि सँगै अगाडी बढाउने सोचमा बस्नेत छिन् । पछिल्लो समय बस्नेतका धेरै गीतहरु बजारमा सार्वजनिक समेत भएका छन् । देशभक्ति मात्र नभए माया प्रेमका गीतहरुमा पनि उनको कलम चलिरहेको छ ।

समाजसेवा लगायत अन्य धेरै क्षेत्रमा उनको योगदान नेपाली जनता प्रति निकै प्रसंसा योग्य रहेको छ । गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको सवल नेतृत्वको लागी उनको उम्मेद्वारीलाई साथ, सहयोग र सद्भाब सहितको अमुल्य मतका लागी वस्नेतले आग्रह गरेकी छन् ।

प्रकाशित मितिः २०७८ साल भदौ २९ गते मंगलबार, ०६:०७