चितवनः खैरहनी नगरपालिका–२ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भई अनमोल ईट्टा उद्योगमा काम गर्ने केशव परियारका छोरा ४ वर्षीय आयुष रहेका छन् ।

ईट्टा उद्योग भित्र रोकिराखेको ना ३ त ७५१ नम्बरको ट्याक्टरमाथी चढेर खेल्दै गरेका बालकले चालक नभएको अवस्थामा अचानक गियर चलाउँदा ट्याक्टर गुडेर दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।

ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः २०७८ साल असोज २५ गते सोमबार, १३:३०