
काठमाडौंः चिनयाँ कम्युनिष्ट पार्टीका केही उच्च नेतालाई अमेरिकाले प्रतिबन्ध लगाएको एक साता नबित्दै चीनले पनि उच्च अमेरिकी अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ ।
आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहितका केही अधिकारीहरुलाई चीनले प्रवेशमा प्रतिबन्ध लगाएको हो
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएकोसमेत प्रतिक्रिया दिएकी छन् ।
अमेरिकाले कोरोना महामारीका अलवा, चीनमा अल्पसंख्यक उइगर मुस्लिम समुदायमाथि भइरहेको दमन तथा तिब्बत र हङकङको विषयमा हस्तक्षेप गर्न खोजेको भन्दै चीनले आन्तरिक मामिलामा चासो नराख्न चेतावनी पनि दिदै आएको छ ।
गत शुक्रबार अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहित चार जनालाई प्रतिबन्ध लगाइसकेको छ ।
प्रकाशित मितिः ३० असार २०७७, मंगलबार, ०६:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook