काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ जनाको पीसीआर परीक्षणबाट ८३८ जना र ३ हजार १४० जनाको एन्टिजेन परीक्षणबाट ७३ जना गरी कूल ९११ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना पोजेटिभ हुनेको संख्या पीसीआरबाट ७ लाख ७७ हजार १६३ जना र एन्टीजेनबाट ८६ हजार ६९४ जना गरी कूल ८ लाख ६३ हजार ८५७ जना रहेका छन् । त्यसमध्ये डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ३९ हजार ४५७ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार ९४९ जना पुगेको छ । यसैगरी, २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्ममा कोभिड–१९ विरुद्धको खोप पहिलो मात्रा लगाउनेको संख्या ५७ लाख ७३ हजार ६१२ जना र दोस्रो मात्रा लगाउनेको संख्या ५१ लाख ६६ हजार ६८९ जना रहेको छ ।

प्रकाशित मितिः २०७८ साल भदौ २७ गते आइतबार, १२:३२