रौतहटः इशनाथ नगरपालिका–२ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करिब १ लाख ३० हजार रुपैयाँ बराबरको दुई वटा ड्रोन क्यामरा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका ब्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहीयाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा सो क्यामरा फेला परेको हो ।

बरामद क्यामरा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

प्रकाशित मितिः २०७८ साल भदौ ३० गते बुधबार, ०५:१७