काठमाडौंः शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भैरहेको नेपाली कथानक चलचित्र ’यो मेरो दिल’को छायांकन धमाधम नुवाकोट आसपासमा भैरहेको छ ।

सामाजिक परिवेशमा निर्माण भइरहेको चलचित्रमा समाज भित्रका विभिन्न विकृति र कुरुतिलाई चलचित्रमा समावेश गरिएको छ । प्रेमका आरोह र अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको चलचित्रका निर्देशक अधिकारी घायलले बताए ।

चलचित्रमा राहुल जेटली, प्रीतिका शर्मा, बिबन तामाङ, प्रवेस लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेनु थापा, सुर्य तामाङ, दस बहादुर तामाङ, पदम सुनार, गंगा कुवँरको अभिनय रहेको छ ।

चलचित्रमा सुर्य बहादुर तामाङको निर्माण, बिबन तामाङको सह–निर्माण, दस बहादुर तामाङको कथा, दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य, मदन न्यौपानेको श्रृङगार रहेको छ ।

आगामी तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मितिः २०७८ साल भदौ २९ गते मंगलबार, ०१:००