काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

शनिबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्‍लाहकार सूर्य थापाले जानकारी दिए ।

समसामयिक राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको उनले बताए ।


प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १६:५६