
काठमाडौंः मलेसियाको पेनाङ्मामा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वादी शेर्पा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ५१ केजी तौल समूहमा इन्डोनेसियाका हसन बिन अजनलाई ५–० अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् भने पुरुष ५७ किजिमा छिरिङ्ले सिंगापुरका अब्दुल वाफी बिन इद्रिसलाई टेसरो राउन्डमा आरएससीलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।
योसँगै नेपालले कम्तीमा दुई रजत पदक पक्का गरेको छ ।
पुरुष ५४ केजी तौल समूहमा सिंहवीर लिम्बु र ६० केजी तौल समूहमा शुलभ मालीले सेमिफाइनलमा रोकिएर कास्य पदक जिते ।
नेपाली टोलीको प्रशिक्षकमा आइबा वान, स्टार प्रशिक्षकमा सञ्जिप श्रेष्ठ र प्रशासकमा स्मृति विश्वास छन् ।
प्रकाशित मितिः २८ मंसिर २०८० बिहीबार, १४:२५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook