काठमाडौंः प्रहरीले बैंकिङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्दै आएका ३९ वर्षीय दीपक कार्की छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार काँडाघारीबाट पक्राउ गरेको हो ।

नारायणकाजी कार्कीले दिएको बैंकिङ कसुरको जाहेरीमा उनी दोषी ठहर भएका थिए । २०७६ फागुन १८ गते उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ३० लाख जरिवाना र ७ दिन कैदको सजाय सुनाएको थियो । तर उनी फरार थिए ।

उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रकाशित मितिः २०७८ साल भदौ २९ गते मंगलबार, ०६:२५