भक्तपुरः भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको चौथौं दिन आज भक्तपुरको कुमाले टोलमा हात नभएको योसिं द्यो अर्थात लिङगो उभ्याएको छ ।

यस वर्षको अन्तिम दिनको मध्यान्ह प्रजापति समुदायले कुमाले टोलस्थित जेठा गणेशको मन्दिर परिसरमा लिङ्गो उभ्याएको हो ।

स्थानीय प्रजापति समुदायले विधिवत पुजा गरेर आज मध्यान्ह हात नभएको लिङगो उभ्याएको हो । स्थानीय युवाहरु सक्रियतामा बाजागाजा सहित लिङगो उभ्याइएको हो ।

कुमाले टोलमा उभ्याईने लिङगोलाई जेठा गणेशको प्रतिकको रुपमा लिईन्छ । यसरी प्रजापति समुदायले आज उभ्याएको लिङगोलाई बिस्केट जात्राका अन्तिम दिन बैशाख ५ गते बिहान ढाल्ने परम्परा छ ।


। यसैबीच मध्यपुरको बोडे स्थित महालक्ष्मी मन्दिर प्रांगणमा पनि आज बिहानै योसिं द्यो अर्थात लिङ्गो उभ्याएर जात्रा मनाएको छ ।

यसैगरी, आज साँझ भक्तपुरको भेलुखेल स्थित योसिंखेलमा ५५ हात लामो हाज भएको लिङ्गो उभ्याईने परम्परा छ । भक्तपुरको बिस्केट जात्रामा योसिंद्यो अर्थात लिङगो उभ्याउने र ढाल्ने बिस्केट जात्राको प्रमुख आकर्षक हो ।


प्रकाशित मितिः २०७७ साल चैत ३१ गते मंगलबार, १३:२०