काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ११८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८९ जना, भक्तपुरमा ११ जना र ललितपुरमा १८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा १ हजार ५१५ रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या २ लाख ४३ हजार ६२८ जना रहेको छ भने २ हजार १७२ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ३१५ जना पुगेको छ ।

त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ६१७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या २८ हजार ४४२ जना रहेको छ भने ४३० जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २९ हजार ४८९ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ७३१ रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या ४७ हजार ४४२ जना रहेको छ भने ६७५ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ४८ हजार ८५८ जना पुगेको छ ।

प्रकाशित मितिः २०७८ साल असोज २९ गते शुक्रबार, ११:०८