काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ४०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २९४ जना, भक्तपुरमा ४८ जना र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा ३ हजार ३४० रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या २ लाख ३४ हजार ५७५ रहेको छ भने २ हजार १२३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ३८ पुगेको छ ।

त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा १ हजार ७८ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या २६ हजार ९३४ रहेको छ भने ४२४ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २८ हजार ४३६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा १ हजार ८३५ रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या ४४ हजार ५३७ रहेको छ भने ६५४ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ४७ हजार २६ पुगेको छ ।

प्रकाशित मितिः २०७८ साल भदौ २९ गते मंगलबार, ११:१२