भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले निषेधाज्ञामा बजार अनुगमन गरेको छ ।

समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आज कमलबिनायकमा रहेका पसलहरुको बजार अनुगमन गरेको हो ।

कोभिड–१९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड अनुसार पसल सञ्चालन भए नभएको र खाद्यबस्तु सामानहरु कालोबजारी र मुल्यबृद्धि नहोस् भने हेतुले बजार अनुगमन गरेको उपभोक्ता मञ्चका मनोज थापाले बताए ।

अनुगमनका क्रममा विनायक फुड स्टोरमा पसल थोक विक्रेता भएकोले श्रेणि बढाउनु पर्ने, मुल्य सूचिमा मुल्य लखी व्यवस्थित गर्नुपर्ने, म्याद नाघेको सामानहरु भ्यासेलिन २८ वटा, ग्यालेक्सी जम्बो बासमति चामल ५ केजिको ३ पाकेट, धाराको हाप लिटर तेल २ पाकेट, पतंजलीको हल्दी साबुन ९ वटा, पतंजली कै पञ्चगला साबुन १९ वटा, पियर साबुन ३ वटा, लिरिल साबुन ६ वटा, निम साबुन २ वटा, लाइफ ब्वाइ ४ वटा, पर्ल साबुन ५ वटा, लक्स साबुन १ वटा, गोडरेज नं १ साबुन २ वटा, भिम साबुन १ वटा जफत गरी नष्ट गरियो भने नगरपालिकामा तीन दिन भित्र उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।


त्यस्तै बिनायक किराना कन्सर्नमा थोक विक्रेता भएकोले श्रेणी बढाउनु पर्ने र म्याद नाघेको सामानहरु जस्मिन चिकेन मसला १२ बट्टा भएको १५ पाकेट, जस्मिन चिल्ली पाउडर १५ पाकेट, हिमांशु गोल्ड सुजि १० पाकेट, एमपि सोनालि पेश्ता ५० पाकेट जफत गरी नष्ट गरिएको छ भने तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक प्रजापतिले बताए ।


प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, ११:३६