काठमाडौंः विश्वभर कोरोना भाइरसको संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या २२ करोड नाघेको बताइएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित २२ करोड १५ लाख १८ हजार ८२४ पुगेको छ ।

साथै यस संक्रमणबाट हालसम्म ४५ लाख ८१ हजार २७४ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । त्यस्तै, अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १९ करोड ८० लाख ६ हजार २२० जना रहेका छन् ।

वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा विश्वमा ४ लाख २५ हजार ६६० संक्रमित थपिएको भने सोही अविधमा ६ हजार ६०८ जनाको मृत्यु भएको छ । यस्तै, ४ लाख ३५ हजार ८५८ जनाले कोरोनालाई जितेका छन् ।

यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र ४ करोड ८ लाख ५ हजार २४७ संक्रमित भएका छन् भने अमेरिकामा मात्र ६ लाख ६६ हजार २१९ जना व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो । भारतमा मात्र ३ करोड ३० लाख २७ हजार १३६ जना संक्रमित भएका छन् । भारतमा यस संक्रमणबाट ४ लाख ४० हजार ८७५ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ २ करोड ८ लाख ९० हजार ७७९ जना संक्रमित भएका छन् भने ५ लाख ८३ हजार ६२८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः २०७८ साल भदौ २१ गते सोमबार, ०१:५९