काठमाडौंः विश्व रेकर्ड कायम गरेकी अमेरिकाको टेक्सासकी अयाना विलियमले नङ काटेकी छिन् ।

अहिले फेरि उनी चर्चामा छिन् । २०१७ मा उनले सबैभन्दा लामो नङ पालेर गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा दर्ता गराएकी थिइन् । त्यो बेला उनको नङको लम्बाई १९ फिट थियो ।

उनले झन्डै तीस वर्षपछि पहिलोपटक आफ्ना ती लामा नङ काटेकी छन् । अहिले उनको नङको लम्बाई लगभग २४ फिट रहेको थियो ।

त्यही नङ काटिनुअघिको त्यसको कुल लम्बाई लगभग २४ फिटले पुनः नयाँ कीर्तिमान राख्न सफल भएको हो । अब विलियम्सको यो नङ फ्लोरिडास्थित ‘ओर्लान्डो अडिटोरियमको रिप्लिज विलिभ अर नट’ कक्षमा प्रदर्शनका लागि राखिने भएको छ ।


उनलाई खाना खान, सामान मिलाउन सबै कुरामा समस्या हुने गर्दथ्यो ।


प्रकाशित मितिः २०७७ साल चैत २९ गते आइतबार, १४:२५