सोलुखुम्बुः सोताङ गाउँपालिका–१ स्थित पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान व्याट्री सहित एक जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरी रहेका छन् ।

गिरी समेत ५ जना शिकार खेल्न गएको अवस्थामा बन्दुक पड्किएको आवाज सुनेपश्चात प्रहरी चौकी वाकुबाट खटिएको प्रहरीलाई देख्ना साथ अन्य ४ जना हतियार फाली फरार भएपछि उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, १५:२५