प्युठानः स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु१ज १६५५ नम्बरको जिप आज बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

मृतकको सनाखत भइसकेको छैन ।

जीपमा आएका १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रकाशित मितिः २०७८ साल बैशाख १ गते बुधबार, १२:५६