काठमाडौंः नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिकाको स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन् । ११ वर्षीया बाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ‘गल्ती के थियो खै’ गीत सार्वजनिक भएको छ ।

गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रा.लि.को अफिसियल युटुव मार्फत सार्वजनिक भएको हो ।

सानो बालापनको मायालाई गीतमा समेटिएको छ ।

अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ भने दिपक गिरीको छायांकन, निरञ्जन के.सी.को सम्पादन तथा निशान एस. के.को रहेको छ ।

गीतको भिडियोमा अशोक पौडेल, सरला मरढा, अर्जुन पन्त, बाल अपर्ण परियार र खुशी उप्रेतीको अभिनय रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७८ साल वैशाख ८ गते बुधबार, ११:२८