काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्को छ । सोमबारको तुलनामा मंगलबार सुन १ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

सोमबार ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार १ सयले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ३१ गते मंगलबार, १३:११