काठमाडौंः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन २ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।

सोमबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, ११:०८