काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।

बिहीबार ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ९ सयले बढेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७९ साल जेठ २० गते शुक्रबार, १०:४५