राजनीति

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौंः उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरुलाई कारबाही गरिने बताएका हुन् । ‘निजी अस्पतालमा सरकारले तोकेको...


प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।


४ सांसद र २ कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौंः प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका २ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आगामी वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसद र संसद सचिवालयका २ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको संसद...


ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

काठमाडौंः नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन औपचारिक रुपमा आज फिर्ता लिएको पत्र संसद सचिवालयलाई बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन्...


संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैलीप्रति कांग्रेसको आपत्ति

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद छलेर अध्यादेश जारी गरेको भन्दै गम्भिर आपत्ति प्रकट गरेका छन् । देउवाले आज विज्ञप्ति निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक भएको बताएका छन् । आज राष्ट्रपति...


प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको हो...


ताजा समाचार